किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
विराटनगर । मोरङको कानेपोखरीस्थित एक मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ स्थित सावायेहाङ किरात महिम मन्दिरमा चोरी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मोरङको उर्लाबारी नगरपालिका वडा नं ७ बस्ने ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन् । प्रहरीका अनुसार साउन १ गते राति ११ बजेको समयमा कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
को ३४ प ५७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई शंका लागि रोकेर सोधपुछ तथा चेकजाँच गर्दा चोरीका सामानसहित पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीहरुले उक्त सामग्री किराँत मन्दिरबाट चोरी गरी ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट तामाको कलश ६० थान, तामाको दीयो ४६ थान, घण्टी १२ थान, तामाको थाली ३ थान, ढकी डलर ६२ थान र नगद ६६५ रुपैयाँ तथा चोरीमा प्रयोग भएको को ३४ प ५७७९ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ ।
यसका साथै, चोरी गर्न तथा ताला फुटाउन प्रयोग गरिने औजारहरूसमेत प्रहरीले उनीहरूको साथबाट फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका तीनै जनालाई तत्काल नियन्त्रणमा लिई हाल इलाका प्रहरी कार्यालय, पथरीमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण