राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
- शुक्रबार ओलीले दिएको उजुरीका आधारमा शनिबार चितवनबाट दुई जना पुरुषलाई पक्राउ गरिएको हो।
- चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै उजुरी दिएकी ओलीले कारबाही प्रक्रिया अघि बढाएकोमा प्रहरीलाई धन्यवाद दिएकी छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट पक्राउ पर्ने दुबै जना पुरुष हुन् । अन्य आरोपीहरुको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।
चरित्रहत्याका साथै निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै उनले शुक्रबार उजुरी दिएकी थिइन् । उजुरी दिएपछि उनले आरोपीहरुको फोटो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।
उनले पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्राप्त जानकारी दिँदै असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने र घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताइन् ।
ओलीले कारबाही प्रक्रिया अघि बढाएकोमा साइबर ब्युरो र नेपाल प्रहरीलाई धन्यवादसमेत दिएकी छन्। यसअघि पनि ओलीको यस्तै प्रकारको उजुरीका आधारमा एक जनालाई ब्युरोले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण