आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

शनिबार, ०२ साउन २०८३, २३ : ३०
शनिबार, ०२ साउन २०८३

सारांश

  • तुलसीपुरमा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।
  • च्याउ खाएर सात जना बिरामी परेका थिए, जसमध्ये एकको मृत्यु भयो ।
  • अन्य छ जना उपचारपछि घर फर्किसकेका छन् ।

दाङ । तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो ।

गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जङ्गली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी ७५ वर्षीया दशरथी पुन, उहाँका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, पाँच वर्षीय विपीन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप