कमेडी कलाकार ब्रह्मानन्दम : सुपरस्टार जस्तो स्टारडम, करोडौंका मालिक !
भारतीय फिल्म उद्योगमा यस्ता पनि स्टार छन् । जसले सानो भूमिकाबाट आफ्नो करियर सुरु गरेर ठुलो सफलता हात पारेका छन् । ती मध्येका एक हुन् हास्य कलाकार ब्रह्मानन्दम । आन्ध्र प्रदेशको सटेनापल्ली जिल्लाको मुपल्ला गाउँको गरिब परिवारमा जन्मिएका उनी अभिनय अगाडि अतिल्ली कलेजमा तेलुगु लेक्चरको रुपमा कार्य गर्थे ।
कलेजमा उनी अक्सर विद्यार्थीलाई नक्कल गरेर हसाउँथे । एकपटक उनले अन्तर कलेज प्रतियोगितामा उत्कृष्ट सह–कलाकारको पुरस्कार पाएका थिए । त्यसले उनको नाटकप्रति रुचि बढ्यो । सोही क्रममा उनी नाटक अभिनय गर्न थाले ।
अनि बन्यो फिल्मी करियर
उनको नाटक ‘मोद्दाबाई’ अभिनय तेलुगुका चर्चित निर्देशक जन्ध्यालाले देखे । जन्ध्यालाले उनको अभिनयबाट प्रभावित भएर फिल्म ‘चन्ताबाबाई’ मा सानो भूमिका दिए । यसैबाट ब्रह्मानन्दमको फिल्म यात्रा सुरु भयो । त्यसपछि जन्ध्यालालले दोस्रो फिल्म ‘आहा न पेल्लानता’ गराए । ब्रह्मानन्दमको यस अभिनय पनि दर्शकले निकै रुचाए । यो फिल्म पछि उनको करियरले उडान भर्यो ।
अहिले उनको फिल्मी क्षेत्रमा नाम र दाम दुबै छ । ब्रह्मानन्दमले हालसम्म एक हजार बढी फिल्म अभिनय गरिसकेका छन् । यसकारण पनि उनको नाम गिनिज बुक अफ वल्र्डमा समेत रेकर्ड भएको छ ।
एक फिल्मको दुई करोड
ब्रह्मानन्दम एक फिल्मका लागि एकदेखि दुई करोड ( भारु) सम्म फिस लिने गर्छिन् । ब्रह्मानन्दमले २०१५ मा आफ्नो पारिश्रमिक बढाएर एक करोड प्रस्ट्याएका थिए । कुनै पनि कमेडी कलाकारको यति धेरै पारिश्रमिक हुनु ठुलो कुरो हो । ब्रह्मानन्दम एक यस्तो कलाकार हुन् जो लगभग साउथका सबै फिल्ममा देखिन्छन् ।
करोडौंको सम्पति र कार
मिडिया रिपोर्टकाअनुसार ब्रह्मानन्दमको कुल सम्पति ३२० करोड (भारु) रहेको छ । उनीसँग केही लक्जरी कार समेत रहेका छन् । यसको अलावा उनीसँग करोडौंको कृषि जमिन र हैदरावादको पोस क्षेत्रको जुबली हिल्समा एक भव्य घर समेत रहेको छ । उनी २००९ मा पद्यश्री सम्मानबाट पनि सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण