मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट निको भएपछि किन झर्छ कपाल ? यसबाट कसरी बच्ने ?

बुधबार, १९ माघ २०७८, १४ : ४६
बुधबार, १९ माघ २०७८

कोरोनाबाट निको भएपछि धेरैजसो मानिसमा स्वास्थ्य सम्बन्धि समस्या हुन्छ । धेरैजसो मानिसमा कपाल झर्ने समस्या हुन्छ । के तपाईंले पनि यस्तो महसुस गर्नु भएको छ ?  कोरोनाबाट निको भएपछि कयौँ मानिसमा कपाल झर्ने समस्या देखिने गरेको छ ।

आज तपाईंसँग यसको कारण र यसलाई रोक्ने उपाय बारे बताउन गइरहेका छौँ ।

२३ वर्षकी रोशनी दुई पटक कोरोना संक्रमित भइन् । दोस्रो पटक कोरोना संक्रमित भएपछि घरका सबै सदस्य उनको स्वास्थ्यलाई लिएर चिन्तित भए । तर पुरानो गल्तीबाट पाठ सिकेर उनी चाँडै निको भइन् । तर एउटा कुराले उनलाई पछ्याउन छोडेन । यो थियो, कपाल भर्ने समस्या ।

रोशनीको  पहिलो पटक कोरोना भएको बेला पनि कपाल झरिरहेको थियो यस पटक त असाध्यै झर्यो ।

कपाल धेरै झरेकाले अब त उनले कपाल कोर्नै छोडिन् । उनी भन्छिन्, ‘अब के गर्ने ? थाहा छैन ।’ रोशनीको यो समस्या छाला रोग विशेषज्ञ डा. निरजले सम्बोधन गरेका छन् । डा. निरजले रोशनी जस्ता कयौँले यस्तो समस्या भोगिरहेको बताएका छन् ।  तर कपाल झर्यो भन्दैमा असाध्यै धेरै तनाव लिने काम चाहिँ गर्न नहुने उनले सुझाएका छन् । यो समस्याको पनि समाधान हुने डा. बताउँछन् ।

कति कपाल झर्नु सामान्य ?

अमेरिकन एकेडेमी अफ डर्माटोलोजिस्टका अनुसार दैनिक ५०  देखि १०० वटा कपाल झर्नु स्वभाविक हो । कोरोनाबाट निको भएपछि धेरैजसो मानिसको २०० वटा भन्दा बढी कपाल झर्छ ।

भारतको इन्द्रप्रस्थ एपोलो अस्पतालका डाक्टर शाहिन भन्छिन्, ‘यो पहिले पनि धेरै मानिसमा देखिने समस्या थियो । कोभिडपछि भने यो समस्यामा थप वृद्धि भएको छ । यसमा महिला र पुरुष दुबैको संख्या बराबरी रहेको छ । कोरोनाका कारण शरीर कमजोर हुन्छ । डाइटमा पनि परिवर्तन हुन्छ ।’

‘हामी ठिक त हुन्छौँ नि ?,’ यस्तो कुरा सोचिरहन्छन् । यस्तोमा तनावको स्तर बढ्ने गर्छ । कोभिडपछि यी सबै समस्या केही दिनसम्म रहिरहन्छ । यसलाई टेलोजन एफ्लुवियम भनिन्छ । कपाल झर्नुको एउटा कारण टेलोजन एफ्लुवियम हो । यदि खाना  सहि लिने हो भने यो समस्याको समाधान छिट्टै हुने गर्छ ।

टेलोजेन एफ्लुवियम के हो ?

हाम्रो कपाल वृद्धिको दुई  चरण हुन्छन् । पहिलो बढ्ने चरण र दोस्रो रेस्टिङ चरण । हाम्रो ७० देखि ८० प्रतिशत कपाल बढ्ने चरणमा हुन्छन् र बाँकि रेस्टिङ चरणमा  हुने गर्छ । जब हामीलाई डिप्रेसन हु्न्छ वा अन्य कुनै किसिमको तनाव बढ्छ र यो केही दिनसम्म जारी रहन्छ भने हाम्रो ५० प्रतिशत कपाल रेस्टिङ चरणमा जान्छन् । फलस्वरुप यसले कपाल झर्ने समस्या निम्त्याउँछ । यो समस्यालाई मेडिकल भाषामा टेलोजन एफ्युवियम भनिन्छ ।

कहिले हुन्छ समस्या समाधान ?

कोभिडपछि कपाल झर्ने समस्या देखिएको छ भने धेरै चिन्तित नहुनुहोस् । टाइफाइड र जन्डिसपछि पनि मानिस यस किसिमको गुनासो लिएर आउँछन् । बच्चाको जन्मपछि पनि महिलाहरु कपाल झरेको गुनासो गर्ने गर्छन् । यदि तपाईं कुनै पनि गम्भीर रोगबाट ठीक हुनु भयो र शरीरलाई सामान्य अवस्थामा आउन केही समय लाग्न सक्छ । यसैगरी कपाल झर्ने समस्याको समाधानका लागि पनि ५–६ हप्ता लाग्न सक्छ ।

यसलाई रोक्न अन्य उपाय कस्ता छन् ?

– आफ्नो खानपिनमा ध्यान दिनुहोस्

– शारीरिक र मानसिक तनावबाट टाढै बस्नुहोस् ।

– आफ्नो खानामा भिटामिन, प्रोटिन र आइरनले भरपुर चिज समावेश गर्नुहोस् ।

– तनाव कम गर्नका लागि आफूलाई मनपर्ने केही क्रियाकलापमा व्यस्त हुनुहोस् ।

यस्ता चिजलाई आफ्नो खानामा समावेश गर्नुहोस्ः

जुन चिजमा प्रोटिन हुन्छन् र जुन चिजले हाम्रो कपाललाई बलियो बनाउँछ, त्यसलाई खानपिनमा समावेश गर्नुहोस् ।

– कोही शाकाहारी हुनुहुन्छ भने सोयाबिन, दाल, पनिर आदि खान सक्नुहुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ ।

– यसैगरी आइरनले भरपुर खानेकुरा जस्तै पालुङ्गो, हरियो पत्तेदार सागसब्जी खानुहोस् ।

– दिनमा ४ देखि ५ लिटर पानी पिउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप