साउदीमा एक वर्षमा २२४ जना श्रमिकले ज्यान गुमाए, ३४ महिलाको उद्धार
साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।
दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप भइरहेको छ । अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ । २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ ।
यसैबीच पछिल्लो एक वर्षमा ३४ जना नेपाली महिलाको उद्धार गरिएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार पछिल्लो एक वर्षमा दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाइएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण