देउवा–ओली भेट : पर्ख र हेरको नीतिमा एमाले
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको छ ।
शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भएपनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरूलाई बताए । शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको र त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उनको भनाइ छ ।
आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।
बैठकपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित बिहीबार राति ८ः ५० बजे बालकोट पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण