थपिएको तीन प्रहरी एआईजी दरबन्दीमा क-कसको सम्भावना ?
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ ।
नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु-याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण ९ओ एन्ड एम० गरेर गृह मन्त्रालयमा पठाइएको थियो । गृह मन्त्रालयले अघिल्लो सोमबार नै एआईजी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय लिएको हो ।
थपिएको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागलाई अलग गरेर एउटा, केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश समन्वय विभागमा रहने भएको छ ।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी छन् ।
अर्याल, पन्त र कार्कीद्वय एआईजीमा बढुवा भए पनि ३० वर्षे सेवा हदका कारण उनीहरूले आगामी १८ वैशाखमै अवकाश पाउनेछन् । उनीहरू प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचका हुन् । यस्तै पछिल्लो ब्याचका सिंह, सुवेदी, लामा र धानुकलाई पनि प्रतिस्पर्धी मानिएको छ । यी चारमध्ये धानुकको नाममा अर्थमन्त्री जनार्दन शर्माले चर्को लबिङ गरेको स्रोतको दाबी छ । यद्यपि, धानुकको नाममा गठबन्धनभित्रै चर्को विरोध हुँदै आएको छ ।
पछिल्लो ब्याचका जो एआईजी भए पनि उनीहरू चैत २०७९ सम्म सेवामा रहनेछन् । पछिल्लो ब्याचका चार जना हालका एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण