‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
सारांश
- ‘आ बाट आमा २’ नामक फिल्म असोज ३० गते फूलपातीका दिनदेखि देशभर र विदेशमा प्रदर्शनमा आउने भएको छ ।
- यस फिल्मको प्रदर्शन अधिकार क्रोएसिया, अमेरिका, क्यानडा र जापानमा बिक्री भइसकेको छ ।
- चन्द्र पन्तको निर्देशन रहेको यस फिल्ममा पल शाह, बिपना थापा, आकाश श्रेष्ठ, मलिका महत लगायतका कलाकारको अभिनय रहेको छ ।
काठमाडौँ । ‘आ बाट आमा २’ असोज ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । दसैँको फूलपातीका दिनदेखि देशव्यापी तथा विदेशमा पनि फिल्म प्रदर्शन गर्न लागिएको हो । निर्माण युनिटले वितरकसँगको छलफलमा फिल्मको रिलिज मिति दसैँमा फाइनल भएको जनाएको छ ।
आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको रिलिज मितिसँगै क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले अधिकार खरिद गरेको हो ।
फिल्म अब विदेशमा क्रोएसियासँगै अमेरिका, क्यानडा र जापान पनि लाग्नेछ ।
चन्द्र पन्तको निर्माण निर्देशन रहेको फिल्म आर्य पन्तको प्रस्तुतिमा बनेको हो । फिल्ममा पल शाह, बिपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट,दिलिप अखेडा र नरेन खड्का लगायतका चर्चित कलाकारको अभिनय छ । फिल्मको नेपालभर वितरण ‘आर आर फिल्मस्’ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण