बैंकिङ पहुँच मनाङमा सबैभन्दा राम्रो
हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ ।
२०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् ।
काठमाडौं जिल्लामा भने २ हजार २४७ जनालाई एउटा शाखा भागमा परेको छ । काठमाडौंमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका १ हजार २४ ओटा शाखा कार्यालय स्थापना भएका छन् । जनसंख्याको आधारमा हेर्दा काठमाडौंको तुलनामा मनाङ जिल्लाका जनतालाई बैंकको पहुँच राम्रो देखिएको हो । मनाङको तुलनामा काठमाडौंमा १ हजार ६७६ जना बढीले बैंकको एउटा शाखा प्रयोग गर्नुपर्ने बाध्यता छ । यद्यपि काठमाडौंमा सबैभन्दा बढी बैंक शाखा खुलेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण