मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु
मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।
आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो । सेनाले ठूला ठूला ढुङ्गामा 'ड्रिल’ गरी त्यसभित्र विस्फोटक पदार्थ पठाएर ढुङ्गा फुटाउने काम भइरहेको छ । मुहान सफाइमा माथिल्लो तहमा गिटीबालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएका छन् । प्रवक्ता पन्तले ढुङ्गा फुटाउने काम कहिलेसम्म सकिन्छ भन्ने विषय ढुङ्गा कति निस्किन्छ त्यसमा भर पर्ने बताए । अहिले मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा टिप्पर प्रयोग गरेर काम भइरहेको छ । आगामी सातासम्म मुहान सफाइको काम सम्पन्न गरिसक्ने भनाइ प्रवक्ता पन्तको छ । सरकारले चैतभित्रै मेलम्चीको पानी काठमाडौँ ल्याउने जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
-
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण