सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो
चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।
तथ्याङ्कअनुसार नेपालले माघसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपियाँको निर्यात गरेको छ । अघिल्लो माघको तुलनामा यो ४२.७८ प्रतिशतले बढी हो । निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ । सात महिनासम्म नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड रुपियाँको निर्यात गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा ८८.३० प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै ७२ अर्ब ९६ करोड रुपियाँको डिजल आयात भएको छ । त्यसपछि ३९ अर्ब ६६ करोड रुपियाँको कच्चा भटमास तेल, ३४ अर्ब ६९ करोड रुपियाँको एलपी ग्यास, ३३ अर्ब ५६ करोड रुपियाँको पेट्रोल र २९ अर्ब ८६ करोड रुपियाँको अर्ध प्रशोधित फलाम समाग्रीहरूको आयात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण