विद्युत् व्यापारमा नयाँ आयाम थप्ने इपानको विश्वास
नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त निर्देशक समितिको बैठकले गरेका विभिन्न निर्णय एवं सहमतिको स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पछिल्लो सहमतिले नेपाल भारत विद्युत् व्यापारमा नयाँ आयाम थप्नुका साथै दुई देशबीचको सुमधुर सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । बैठकले नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यातका लागि आधार तय गरेको भन्दै इपानले सो निर्णयले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपालको ऊर्जा क्षेत्रको लगानीमा थप प्रोत्साहन गर्नुका साथै ठूला परियोजना निर्माण, प्रसारण लाइन बनाउन र अन्तरदेशीय ऊर्जा व्यापारका लागि पनि पछिल्लो निर्णयले बलियो आधार तयार पारेको इपानको ठहर छ । इपानले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेका निर्णयको स्वागत गर्दै आज जारी गरेको विज्ञप्तिमा ऊर्जा क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण