बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो

बिहीबार, ०७ साउन २०८३, १६ : १३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सत्ता गठबन्धनबाट एमाले अलग भएपछि रिक्त रहेका ३ मन्त्रालयमा विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् ।
  • कांग्रेसका विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
  • यसअघि कांग्रेसका ३ मन्त्रीहरू स्वास्थ्य तथा सामाजिक विकास, आन्तरिक मामिला कानुन तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयमा जिम्मेवारीमा थिए ।

हेटौँडा । बागमती प्रदेशका विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ३ जना विना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेशको ८ मन्त्रालय मध्ये रिक्त रहेका ३ मन्त्रालयमा मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन् । कांग्रेसका विना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री बानियाँको क्याविनेटमा यसअघि कांग्रेसका ३ मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । कांग्रेसबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ जिम्मेवारीमा रहेका छन् ।

मुख्यमन्त्री बानियाँले उक्त कार्य विभाजन सहित प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।  बुधबार मात्र एमालेका ६ मन्त्रीहरूले पदबाट राजीनामा गरेर सरकारको समर्थन फिर्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप