बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
मकवानपुर । बागमती प्रदेश सरकारले हेलो सीएम डेक्स स्थापना गरेको छ । नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सीएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उक्त हेलो सीएम डेक्स सञ्चालनमा ल्याएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सीएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत भएको बताए ।
मुख्यमन्त्री बानियाँले प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, गुनासा र उजुरी अब सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र तिनको प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने बताए। उनले जनताको आवाज सरकारसम्म सहज रूपमा पुर्याई सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले ‘हेलो सीएम’ सञ्चालनमा ल्याइएको स्पष्ट पारे।
'सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ। नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,' मुख्यमन्त्री बानियाँले भने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ‘हेलो सीएम’ मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइनेछ। प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ भने कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने जनाइएको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर शीघ्र समाधान गर्न सम्बन्धित निकायका कर्मचारी तथा पदाधिकारीलाई निर्देशन दिएका थिए।
प्रदेश सरकारले ‘हेलो सीएम’ लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी माध्यमका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण