जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
सारांश
- स्पेनिस क्लब बार्सिलोनाले जर्मन फरवार्ड करिम अदेयेमीलाई बोरुसिया डर्टमुन्डबाट २२ मिलियन युरोमा अनुबन्ध गरेको छ ।
- खेलको नतिजा र प्रदर्शनका आधारमा डर्टमुन्डले थप ७ मिलियन युरो र भविष्यमा हुने नाफाको केही प्रतिशत रकम पनि पाउनेछ ।
- प्रशिक्षक हान्सी फ्लिकको विशेष चासोमा बार्सिलोना आएका अदेयेमीले युवा स्टार लामिन यमालसँगको सहकार्यबाट उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाले जर्मन फरवार्ड करिम अदेयेमीलाई बोरुसिया डर्टमुन्डबाट अनुबन्ध गरेको छ ।
२४ वर्षीय अदेयेमीलाई बार्सिलोनाले प्रारम्भिक २२ मिलियन युरोमा भित्र्याएको हो ।
इएसपीएनका अनुसार खेलको नतिजा र प्रदर्शनका आधारमा डर्टमुन्डले थप ७ मिलियन युरो 'एड–अन्सुका रूपमा पाउनेछ । साथै भविष्यमा बार्सिलोनाले अदेयेमीलाई अर्को क्लबमा बिक्री गर्दा हुने नाफाको केही प्रतिशत रकम पनि जर्मन क्लब डर्टमुन्डले पाउने सम्झौता भएको छ ।
डर्टमुन्डमा चार सिजन बिताएका अदेयेमीलाई बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ल्याउन विशेष चासो देखाएका थिए । फ्लिकले नै जर्मन राष्ट्रिय टोलीको प्रशिक्षक छँदा अदेयेमीलाई राष्ट्रिय टोलीबाट डेब्यु गराएका थिए ।
बार्सिलोना आगमनपछि प्रतिक्रिया दिँदै अदेयेमीले भने, 'सुरुमा त मलाई विश्वास नै लागेन किनकि मेरो अघिल्लो सिजन धेरै राम्रो भएको थिएन । तर म यो अवसरका लागि धेरै आभारी छु । प्रशिक्षक हान्सी फ्लिकले मलाई टोलीमा चाहेको तर शतप्रतिशत मिहिनेत गर्नुपर्ने बताएपछि म धेरै प्रभावित भएँ ।'
युवा स्टार लामिन यमालसँगको सहकार्यबारे बोल्दै उनले थपे, 'यमालसँगको समन्वय धेरै राम्रो हुन सक्छ । उनी गोल गर्न र ड्रिबल गर्न मात्र होइन, अरू खेलाडीका लागि मौका सिर्जना गर्न पनि सिपालु छन् । म डिफेन्डरको पछाडिबाट दौडिएर पास समात्न रुचाउने खेलाडी भएकाले यो सम्झौता मेरो लागि उत्कृष्ट हुनेछ ।'
अदेयेमीले अट्याकिङ लाइनका तीनवटै पोजिसनबाट खेल्न सक्छन् । सन् २०२२ मा आरबी साल्जबर्गबाट डर्टमुन्ड पुगेका उनले डर्टमुन्डका लागि १४६ खेलमा ३६ गोल गरेका छन् । अदेयेमी यस समर ट्रान्सफर विन्डोमा बार्सिलोना भित्रिने दोस्रो खेलाडी हुन् । यसअघि बार्सिलोनाले न्युकासल युनाइटेडबाट इंग्ल्यान्डका विङ्गर एन्थोनी गोर्डनलाई ७० मिलियन युरोमा अनुबन्ध गरिसकेको छ ।
अदेयेमी र गोर्डनको आगमनसँगै बार्सिलोनाको अग्रपंक्तिमा लामिन यमाल, राफिन्हा र फेरान टोरेसजस्ता खेलाडीहरू उपलब्ध भएका छन् । यद्यपि, बार्सिलोना अझै पनि प्राइम स्ट्राइकरको खोजीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण