बीपी स्मृति दिवस
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
बिहीबार, ०७ साउन २०८३, १७ : १९
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् ।
- बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरे ।
- यो निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराइने र बैठक शुक्रबारसम्म तोकिनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन् ।
उनले यो निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने पनि बताए । केन्द्रीय समिति बैठक नेताहरूसँगको सल्लाहमा शुक्रबारसम्म तोक्ने सभापति थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण