निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी
नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ। पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो।
नेपाल बाल श्रम रिपोर्ट २०२१' अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा हुने गरेको छ। तर, निकृष्ट किसिमको बाल श्रम भने सबैभन्दा बढी बागमती प्रदेशमा छ। निकृष्ट प्रकारको बाल श्रम बागमती प्रदेशमा ३४.५ प्रतिशत, मधेश प्रदेशमा २९.७ प्रतिशत, लुम्बिनी प्रदेशमा २५.३ प्रतिशत र प्रदेश १ मा ११.५ प्रतिशत रहेको पाइएको छ।
सरकारले दिगो विकास लक्ष्य ८ हासिल गर्न २०८२ सम्ममा सबै प्रकारका बाल श्रम निवारण गरी बाध्यकारी श्रम तथा मानव बेचविखनको अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ। स्वदेश तथा विदेशमा बाल श्रम, बाध्यकारी श्रम तथा मानव बेचविखनको सामना गरिरहेको नेपालले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गरी सबै प्रकारमा श्रम शोषण अन्त्य गर्ने गरी योजना अघि बढाएको भए पनि लक्ष्य अनुसार बाल श्रम घट्न सकेको छैन। स्वदेशमा मात्र नभई भारतमा समेत नेपाली बालबालिकालाई श्रम लगाइएको पाइनुले नेपालले सन् २०३० सम्ममा मानवताविरुद्धको अपराध र गम्भीर मानव अधिकारको उल्लंघन अन्त्य गर्ने लक्ष्यमा चुनौती देखिएको सरोकारवालाहरु बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण