५ जना मृत अवस्थामा फेला
सारांश
- देशका विभिन्न जिल्लामा बुधबार पाँच जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
- काठमाडौँ, रूपन्देही, इलाम र पर्वत जिल्लामा विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।
- सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ। देशका विभिन्न जिल्लामा बुधबार पाँच जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–८ पशुपतिबाट किरातेश्वर मन्दिर जानेतर्फ बागमती खोला किनारमा हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित चिडिया खोलाको सडक पेटीमा हालसम्म नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।
इलामको माइजोगमाई गाउँपालिका–१ नयाँबजार निवासी ४९ वर्षीय शिवकुमार दास आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी पर्वतको कुश्मा नगरपालिका–१२ मल्याङ्दी निवासी ९२ वर्षीया कलावती गौतम सोही स्थानस्थित मल्याङ्दी खोलाको किनारमा मृत अवस्थामा फेला परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण