बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

बुधबार, २४ असार २०८३, १९ : ४७
बुधबार, २४ असार २०८३

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ। सन् २०२६ जुलाई ११ देखि सुरु हुने उक्त प्रतियोगिताका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको हो।

क्यानका सचिव पारस खड्काद्वारा बुधबार जारी विज्ञप्ति अनुसार छनोट भएका अन्य खेलाडीहरूमा सना प्रविन, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्मा गुरुङ, अन्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।

त्यस्तै, वैकल्पिक खेलाडीका रूपमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आशा चौधरीलाई छनोट गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप