राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
सारांश
- कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय भेलाको मिति थप सल्लाह गरेर मात्रै तोक्ने बताएका छन्।
- खड्काले निर्णय गरिसकेपछि समय नपुगेर मिति सार्नुपर्ने अवस्था आउन नहुने बताए ।
- उनले पार्टी एकताका लागि सभापति गगन थापाले नै चाहेको खण्डमा मात्र सम्भव हुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय भेलाको मिति थप सल्लाह गरेर मात्रै तोक्ने बताएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सुनदेवीमा जारी बैठकमा खड्काले बुधबार आफ्नो धारणा राख्दै राष्ट्रिय भेलाको मिति तोकिसकेपछि सार्ने अवस्था आउन नहुने बताए ।
राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने खड्काले बताए । ‘निर्णय गरिसकेपछि समय पुगेन, मिति सारौँ भन्ने अवस्था आउनुहुन्न । यो सबै कुराबारे छलफल गरेर राष्ट्रिय भेलाको निर्णय गर्छौँ । हामी १/२ दिनमा बस्छौँ,’ उनले भने ।
आफूले मङ्गलबार मात्रै डा. शेखर कोइरालासँग कुराकानी गरेको पनि बताए । ‘शेखरजीसँग मेरो हिजो कुरा भएको छ । सिरियस कुरा भएकाले म यहाँ भन्दिनँ, विमलेन्द्रजीलाई सेयर गरेको छु,’ खड्काले भने ।
खड्काले बैठकमा सम्पर्क कार्यालय खोल्ने विषयमा पनि कुरा गरेका थिए। सम्पर्क कार्यालय खोल्न चाहेर ढिलो नभएको बताए ।
‘सम्पर्क कार्यालयका लागि पूर्व पदाधिकारीले २ लाख, कार्यसम्पादन समिति सदस्य र मन्त्री भइसकेकाले एक लाख र केन्द्रीय सदस्य भएकाले ५० हजार रुपैयाँ तोकेका छौँ,’ उनले भने, ‘सबैले रकम रामेछापका सभापति बुझाइदिनु होला ।’
सबैले सहयोग गरे कार्यालय चल्ने उनले बताए । पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा रहेको बताए । खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई इङ्गित गर्दै भने,‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ खड्काले भने, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ।’
पार्टी एकताका लागि सभापति थापाले नै चाहनुपर्ने उनले बताए । उनले भने, ‘गगन जीले चाहनुपर्यो । उहाँ जुन बाटोमा हिँड्नुभएको छ, पछि फर्किनुहुन्न।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
-
मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण