माओवादी बैठकमा प्रचण्डले भने– संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपऱ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका छन् । संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
‘संविधान र प्रणालीलाई जोगाउन अहिले आइसोलेशनमा बस्न सकिँदैन । गठबन्धन जोगाउने उपाय खोज्नुपर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘सबैलाई विरोधी बनाएर पनि सकिँदैन । बीचको बाटो कहीँ न कहीँ खोज्नुपर्छ । हामीले त संशोधन नगरी हुँदैन भनेर भनेका थियौँ । संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोजौँ ।’
प्रचण्डको सम्बोधन पछि माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ । सो निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरुले आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार