माओवादी बैठकमा प्रचण्डले भने– संविधान र गठबन्धनलाई जोगाउन बीचको बाटो खोज्नुपऱ्यो
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान र गठबन्धन जोगाउनका लागि एमसीसीमा बीचको बाटो खोज्नुपर्ने बताएका छन् । संविधान र प्रणालीलाई जोगाउन निरन्तर आइसोलेशनमा बसेर पनि नहुने प्रचण्डको भनाइ थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले संशोधनबिना पारित गर्न नहुने भनेपनि संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोज्नुपर्ने बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
‘संविधान र प्रणालीलाई जोगाउन अहिले आइसोलेशनमा बस्न सकिँदैन । गठबन्धन जोगाउने उपाय खोज्नुपर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘सबैलाई विरोधी बनाएर पनि सकिँदैन । बीचको बाटो कहीँ न कहीँ खोज्नुपर्छ । हामीले त संशोधन नगरी हुँदैन भनेर भनेका थियौँ । संशोधन अमेरिकाले मान्यो भने बीचको बाटो खोजौँ ।’
प्रचण्डको सम्बोधन पछि माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ । सो निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरुले आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

