तमलोपाको केन्द्रीय कमिटी पुनर्गठित, केन्द्रिय भेलाबाट ५ प्रस्ताव पारित
पुनर्गठित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय भेलाबाट केन्द्रीय कार्य समिति चयनसँगै पाँच वटा प्रस्ताव पारित गरेको छ । आइतबार जनकपुरधाममा भएको तमलोपाको केन्द्रीय भेलाले वरिष्ठ नेतामा लोसपा नेपाल परित्याग गरेका संविधानसभा सदस्य डा. विजय कुमार सिंहलाई चयन गरेको छ ।
तमलोपाका संस्थापक अध्यक्ष रवि शंकर लाल कर्णको अध्यक्षतामा भएको केन्द्रीय भेलाबाट पूर्व राष्ट्रियसभा सदस्य लाललाई अध्यक्षमा र डा. सिंहलाई वरिष्ठ नेतामा चयन गर्दै ५५ सदस्यीय केन्द्रीय कार्य समिति घोषणा गरेको छ ।
केन्द्री सदस्यहरूमा अंजना दत, अर्चना ठाकुर, इन्दु देवी, ई. बिरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलिप कुमार पाण्डेय, धीरेन्द्र सिंह, ध्रुव प्रसाद साह, नवरतन मुरारका, नवीन कुमार सिंह, नवीन सिंह, निर्मला झा, बिन्दु ठाकुर, बिपिन ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, भागिरथ कर्ण, भोलानाथ झा, मदन सिंह, महेन्द्र यादव, मुक्तिनारायण यादव, मो. असगर अली, योगेन्द्र राय, रजिया बेगम, रमेश अधिकारी, रविन्द्र वर्मा, रविशंकर कर्ण, राजकिशोर मण्डल, राजेश जलान विद्रोही, राधिका देवी, रामचन्द्र साह, रामजी राय, रामतुल्लाह खान, रामनगीना पासवान, रामनारायण सिंह, शरद कुमार मण्डल, शान्ति सिंह, शेलादेवी झा, श्याम साह, श्यामोदेवी दास, सतीश लाल दास, सरस्वती कर्ण, सुनील कर्ण, सुनील तिवारी र सुहैल अहमद रहेका छन् ।
त्यस्तै केन्द्रीय भेलाले पाँच वटा प्रस्ताव समेत पारित गरेको छ । प्रस्ताव १ लाई केन्द्रीय सदस्य रामजी राय, प्रस्ताव २ लाई अञ्जना दत्त, प्रस्ताव ३ लाई उमेश मण्डल, प्रस्ताव ४ लाई दिलिप पाण्डे र प्रस्ताव ५ लाई धुब्र साहले भेलामा प्रस्तुत गरेका थिए । उक्त प्रस्तावहरूलाई केन्द्रीय भेलाले पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण