एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
शुक्रबार, २२ जेठ २०८३, २१ : २०
सारांश
- एसएसपीमा बढुवा भएका अमरेन्द्र बहादुर सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टरमा काज सरुवा गरिएको छ।
- प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले उनलाई प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टर स्थित कार्य विभागमा काज सरुवा गरेका हुन्।
- गृह मन्त्रालयले उनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो र उनी यसअघि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत थिए।
काठमाडौँ । एसएसपीमा बढुवा भएका अमरेन्द्र बहादुर सिंहलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टरमा काज सरुवा गरिएको छ।
उनलाई बिहीबार प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर प्रहरी हेडक्वार्टर स्थित कार्य विभागमा काज सरुवा गरेका हुन्।
सिंहलाई शुक्रबार आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरेका थिए। बढुवा समितिको सिफारिस अनुसार गृह मन्त्रालयले उनलाई बिहीबार एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सिंह जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण