मेयरसहित ४ जना अख्तियारको फन्दामा

कमिसन बापतको रकमसहित रौतहटमा एक जना मेयरसँगै ४ जना अख्तियारको फन्दामा परेका छन् । स्थानीय देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलसँगै ४ जनालाई ५ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
देवाही गोनाही नगरपालिकाको कार्यालय देवाहीस्थित आफ्नै कार्यकक्षमा मेयर पटेलले वडाध्यक्ष शेख नुरुल्लाहसँग विकास निर्माणको कार्यमा भागवण्डा बापतको रकम नगद र चेक लिँदै गरेको अवस्थामा आइतबार अपराह्न अख्तियारको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।
देवाही गोनाही ७ करुनियाको वडाध्यक्ष नुरुल्लाहसँग कमिसन बापतको नगद २ लाख पचास हजार र सोही बराबरको चेक गरी ५ लाख लिँदै गर्दा मेयर पटेल सहित चार जना पक्राउ परेको स्रोतले जनाएको छ ।
मेयर पटेल सँगै योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र मेयरको पिए गरी चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौँ तर्फ लगेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?