अपराध
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
बिहीबार, ०१ जेठ २०८२, १९ : ०१
काठमाडौँ । माइक्रो बस चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने १९ वर्षीय सुदीप थापा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपीलराज बोहराका अनुसार थापाले वैशाख २९ गते काठमाडौँ महानगरपालिका वडा नम्बर १६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस चोरी गरेका थिए ।
माइक्रो बससहित धादिङबाट पक्राउ परेका उनीमाथि चोरीसम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण