कुष्ठरोगको ‘रेड जोन' मा बाँके
बाँके कुष्ठरोगको 'रेड जोन' रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन् । सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँच/पाँच, खजुरामा तीनर डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन् । बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा. मंगलबहादुर थारुले जनाए। उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण