सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
सारांश
- ललितपुरको एक होटेलमा सीता ग्यासको सिलिन्डर सिलप्याक अवस्थामा खाली भेटिएको छ।
- होटेलका कर्मचारीले १२ वटा सिलिन्डरमध्ये एउटा अनौठो तरिकाले हलुका पाएपछि डिलर र उत्पादक कम्पनीलाई जानकारी गराएका थिए।
- उपभोक्ता अधिकारकर्मीले ग्यासको तौल नापेर मात्र खरिद-बिक्री गर्न सुझाव दिएका छन्।
काठमाडौँ । ललितपुरस्थित एक होटेलमा आपूर्ति गरिएको सीता ग्यासको सिलिन्डर सिलप्याक अवस्थामै खाली भेटिएको छ । सोमबार होटेलले खरिद गरेका १२ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरमा ग्यास नभएको अवस्थामा फेला परेको हो । ।
होटेलका कर्मचारीहरूका अनुसार सोमबार १२ वटा सिलिन्डर ग्याँस झार्ने क्रममा एउटा सिलिन्डर अनौठो तरिकाले हलुका पाइएको थियो । बाहिरी सिल दुरुस्तै देखिए पनि भित्र ग्याँस नभएको पाइएपछि उनीहरूले तत्कालै आधिकारिक विक्रेता (डिलर) र उत्पादक कम्पनीलाई सम्पर्क गरी यसबारे जानकारी गराएका थिए । ‘हामीले ग्यास उचाल्दा नै हलुका पाएका थियौँ । त्यसपछि सिलप्याक ग्यासमा कसरी ग्यास छैन भनेर फोन गरेका थियौँ,’ होटेलका एक कर्मचारीले भने । होटेलले सिलप्याक भएकै अवस्थामा ग्यास नहुनुमा वितरण प्रणालीमाथि प्रश्न उठाएको छ ।
यस सम्बन्धमा सीता ग्यासका मार्केटिङ असिस्टेन्ट मोहन अधिकारीले कम्पनीलाई घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रतिनिधि पठाएर वस्तुस्थिति बुझ्ने प्रयास गरिएको बताए । कारखानाबाट सिधै ग्राहककहाँ नपुगी डिलरमार्फत ग्यास वितरण हुने भएकाले बिचमा कतै प्राविधिक वा व्यावहारिक त्रुटि भएको हुनसक्ने कम्पनीको भनाइ छ ।
‘खाली सिलिन्डर बोक्दा वा ओसारपसार गर्दा नै तौलका आधारमा उपभोक्ता वा डिलरले सजिलै थाहा पाउन सक्छन् । यदि सिल दुरुस्तै छ र प्राविधिक चुहावट (लिकेज) का कारण ग्याँस सकिएको प्रमाणित भएमा कम्पनीले नियमानुसार सिलिन्डर साटिदिने नीति राख्दछ, तर त्यहाँ कम्पनीको गल्ती देखिँदैन ’ अधिकारीले भने ।
सीता ग्यासका प्रबन्धक थिरेन्द्र प्रसाद सुवेदीले उद्योगबाटै सिलप्याक भएको खाली सिलिन्डर बजारमा पुग्ने सम्भावना प्राविधिक रूपमा न्यून रहने उल्लेख गरे । ग्यासको आफ्नै तौल (करिब ७ देखि ७.५ केजी) हुने भएकाले ढुवानीकर्ता वा उपभोक्ताले उठाउँदा नै खाली–भरीको अन्तर स्पष्ट रूपमा महसुस गर्न सक्ने उनको तर्क छ ।
‘हाम्रो बोटलिङ प्लान्टमा ग्याँस भरेपछि विभिन्न चरणमा लिकेज टेस्ट र तौल परीक्षण गरेर मात्र सिल लगाइने प्रक्रिया छ । त्यसैले सिल दुरुस्तै भएको पूर्ण रूपमा खाली सिलिन्डर प्लान्टबाट बाहिरिने अवस्था रहँदैन,’ सुवेदीले थपे । यदि डिलरबाट जाँदा गल्ती भएको भए तत्काल सुधार्ने समेत बताए ।
‘अब कुनै होटेलले ग्यास लगेर खाली भेट्यो भन्ने अनि सिलप्याक पनि तोडिएको भेटिएपछि त कम्पनी जिम्मेवार हुन सक्दैन,’ उनले भने ।
यो विषयमा उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको तौल नापेर मात्रै खरिद विक्री गर्न सुझाव दिएका छन् । ‘होटलहरुको कुरा भएर बाहिर आयो, आम उपभोक्तालाई कम तौलको ग्याँस पर्यो भने त थाहा नै हुँदैन त्यसकारण हरेक ग्यास डिलर तौल मापन गरेर मात्रै ग्राहकलाई सिलिन्डर दिनुपर्छ । यो विषयमा सरकारको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्छ,’ उपभोक्ता अधिकारकर्मी राधेश्याम कोइरालाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण