बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सचिव पुष्कर अनिवार्य अवकाशमा

बुधबार, २४ असार २०८३, १४ : १७
बुधबार, २४ असार २०८३

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन् ।
  • सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् ।
  • निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर बुधबारबाट अनिवार्य अवकाशमा गएका छन् । सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् ।

निजामती सेवाका विभिन्न महत्त्वपूर्ण मन्त्रालय र निकायमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका पुष्कर २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए। उनी राजस्व सचिव,अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपराष्ट्रपतिको कार्यालयमा सचिव भएर कार्यसम्पादन गरेका थिए।

२०५३ माघ १७ गते नायब सुब्बामा नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका पुष्कर सेवाको उत्तरार्धमा प्रधानमन्त्री वालेन्द्र शाहलाई एसएमएस गरेको विषयबाट चर्चामा आएका थिए । 

उनले प्रधानमन्त्री शाहलाई म्यासेज गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर सोधपुजसमेत गरेको थियो । त्यो बेला उपराष्ट्रपति कार्यालयमा रहेका पुष्करलाई सरुवा गरेर प्रधानमन्त्री कार्यालयको जगेडा समूहमा राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप