शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

सोमबार, १६ फागुन २०७८, १३ : ०८
सोमबार, १६ फागुन २०७८

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्पो सस्टेनेबिलिटी रिपोर्ट’ अनावरण गरेको छ । यसमार्फत आफ्ना समग्र उत्पादनहरूको दिगोपन र पर्यावरणमैत्री अवधारणाहरू एकीकृत गर्दै कम्पनीका उपलब्धिहरूको विवरण दिँदै ओप्पोले आफ्नो ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’लाई निरन्तरता दिइरहेको जनाएको छ ।

अन्तरराष्ट्रिय  मान्यताप्राप्त ‘३आर१डी’ सस्टेनेबल प्याकेजिङ सिद्धान्तहरूको पालना गर्न प्रतिबद्ध रहेको तथा यसअन्तर्गत प्याकेजिङका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पुनः प्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेबल तथा बायोडिग्रेडेबल सामग्री प्रयोगलाई प्रोत्साहन र निरन्तरता दिइरहेको ओप्पोको दाबी छ । उत्पादनलाई टिकाउ बनाउने उद्देश्यसाथ ब्याट्रीको आयु लम्ब्याउन ओप्पोले स्व:विकसित ब्याट्री हेल्थ इञ्जिन पनि सार्वजनिक गरेको छ । यस नवप्रवर्तनयुक्त प्रविधिमार्फत ब्याट्रीको क्षमता १६०० चार्जिङ तथा डिस्चार्जिङ साइकलपश्चात पनि ८०५ को हाराहारी उच्च बिन्दुमा कायम राख्न सकिने सो कम्पनीले जानकारी दिएको छ।

स्थानीय तथा अन्तरराष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पुनः प्रयोग प्रवर्द्धन गर्न ट्रेड–इन सेवाका लागि ओप्पोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । हालसम्म चीनमा मात्रै १२ लाख फोन पुन:प्रयोग गरिसकेको ओप्पोको दाबी छ । यो परिमाण २१६ टनभन्दा बढी विद्युतीय फोहोर हो । दिगोपनाको प्रवर्द्धनका लागि ओप्पोले आफूलगायत अन्य साझेदारसँग पनि नजिक रही कार्यहरू अघि बढाइरहेको छ । लगातार २ वर्षका लागि ओप्पोले नेशनल जियोग्राफिकसँग लोपोन्मुख प्रजातिको सुरक्षामा सघाउन ओप्पो इन्ड्यान्जर्ड कलर क्याम्पेनमार्फत साझेदारी गरेको थियो ।

इको रेटिङ लेबलिङ योजनामा सहभागी भई राम्रो प्रदर्शन गर्नेमध्ये ओप्पो एक कम्पनी हो । यूरोपेली मोबाइल अपरेटर्सद्वारा मोबाइल फोन्सको पर्यावरणमैत्रीपना मापनका लागि सञ्चालनमा ल्याइएको यो योजनाअन्तर्गत स्थायित्व, मर्मत योग्यता, पुनःप्रयोग योग्यता, जलवायु र कार्य दक्षता गरी ५ महत्वपूर्ण क्षेत्रमा उत्पादनको मापन गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप