द्रुत मार्गमा सुरुङ खन्न सुरु
काठमाडौँ-तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ।
सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ । ।
दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज-१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण