सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माई पे वालेट प्रयोग गर्दा एक लाखको बीमा सुविधा

शुक्रबार, २० फागुन २०७८, १९ : ३७
शुक्रबार, २० फागुन २०७८

डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।

माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ ।  कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बीमा योजना कार्यान्वयन भएको जानकारी एसएमएस मार्फत गराइने कम्पनीले प्रस्ट पारेको छ ।

बीमा सुविधा बाहेक माई पेबाट हवाई टिकट बुकिङ गर्दा क्यास ब्याक तथा एक रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ । यस्तै माई पे प्रयोग कर्ताले अधिकतम २५ प्रतिशतसम्मको क्यास ब्याक उपयोग गर्दै आइरहेको बताइएको छ । साथै विभिन्न चाडपर्व विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै आकर्षक योजनाहरु ल्याउने माई पेले  जनाएको छ ।   
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप