माई पे वालेट प्रयोग गर्दा एक लाखको बीमा सुविधा
डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।
माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बीमा योजना कार्यान्वयन भएको जानकारी एसएमएस मार्फत गराइने कम्पनीले प्रस्ट पारेको छ ।
बीमा सुविधा बाहेक माई पेबाट हवाई टिकट बुकिङ गर्दा क्यास ब्याक तथा एक रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ । यस्तै माई पे प्रयोग कर्ताले अधिकतम २५ प्रतिशतसम्मको क्यास ब्याक उपयोग गर्दै आइरहेको बताइएको छ । साथै विभिन्न चाडपर्व विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै आकर्षक योजनाहरु ल्याउने माई पेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण