नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति
नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो । उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।
यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर
-
इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम
-
एमाले मुस्ताङकाे अध्यक्षमा दीपक लालचन निर्विरोध
-
प्रिमियर लिगको अन्तिम दिन : कसको पोल्टामा पुग्ला उपाधि ?
-
साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने