तनहुँ र चितवन जोडने बुद्धसीँ मार्ग चाँडै कालोपत्र हुन्छ : बरिष्ठ नेता पौडेल
तनहुँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको दक्षिणी क्षेत्र हुदै छिमेकी जिल्ला चितवन जोड्ने सहिद बुद्धसीँ मार्गको छिट्टै स्तरउन्नती गरी कालोपत्रे गरिने बताएका छन् ।
हालसम्म मुग्लीन नारायणघाट सडक खण्डको बैकल्पिक मार्गमा रुपमा यही मार्गलाई बनाउने बताउँदै त्यसका लागि घुमाउनेमा निर्माणधिन पक्कि पुललाई छिट्टै नै पूर्णता दिने वरिष्ठ नेता पौडेलले बताएका छन् ।
व्यास नगरपालिकाको वडा नं १३ को बेलबासमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गदै नेता पौडेलले जिल्लामा राष्ट्रिय गौरवको आयोजनाहरुले प्रवेश पाएकाले अव जिल्लाको विकासले तीब्रता पाउने बताए ।
उक्त कोण सभामा तनहुँ क्षेत्र नं १ का प्रदेश सभा २ का उम्मेदवार रघुनाथ पौडेल जिल्ला सचिव विश्व बाँस्तोला लगायतकाले आगामी काङ्ग्रेसकै नेतृत्वमा सुरु भएका विकासका कामहरु काङ्ग्रेसकै नेतृत्वले सम्पन्न गर्नुपर्ने भएकाले आगमी चुनावमा काङ्ग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।
यस्तै मंगलबार नै बन्दिपुर गाउँपालिका वडा नं ६ को साराङ्गघाटमा भएको चुनावी सभालाई सम्बोधन गदै बरिष्ठ नेता पौडेलले साराङ्गघाटबाट बन्दीपुर निस्कने छम्किेश्वरी, हिलेखर्क धार्मिक तथा पर्यटकिय क्षेत्र संग जोडने बाटोको स्तरउन्नती गर्ने र खानेपानिको समस्या समाधान बरिष्ठ नेता पौडेलले बताए ।
साराङ्गघाटको कोणसभालाई प्रदेश सभा उम्मेदवार रघुनाथ पौडेल, पुर्व मन्त्री अमरराज कैनी, जिल्ला सचिव विश्व बाँस्तोला, प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी जिल्ला कोषाध्यक्ष रेशम गुरुङ्ग स्थानिय नेताहरु सन्तबहादुर गुरुङ्ग, सुनाराम गुरुङ्ग चन्द्रबहादुर गुरुङ्ग लगायतकाले बोलको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण