आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप दुर्घटना

बुधबार, २५ फागुन २०७८, २० : १९
बुधबार, २५ फागुन २०७८

पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बायाँ तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् । 

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर राना उपचारत रहेको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
घाइते मध्ये २ जनाको जीपी कोइराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप