सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीको रोजाई नेपाल पर्ने गरी विकास गरिरहेका छौँ : सचिव बिष्ट

बिहीबार, २६ फागुन २०७८, २० : ५३
बिहीबार, २६ फागुन २०७८

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अबको केहि वर्षपछि जापानिज र बेलायती नागरिकको रोजाई नेपाल पर्ने गरी बिकास गर्न लागिएको बताएका छन् । बिहीबार गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका घोषणा गर्दै क्षेत्र नम्वर २ का सांसद तथा पूर्व मन्त्री बिष्टले यस्तो बताएका हुन् ।

‘अहिले हाम्रा नेपाली  दाजुभाईहरुको, अमेरिका, जापान र बेलायत जस्ता मुलुक रोजाइमा पार्दै विदेशिन बाध्य छन्’, उनले भने–‘हामीले अबको बिस वर्षपछि जापानिज र बेलायती नागरिकको रोजाई नेपाल पर्ने गरी विकास गर्नेछौं ।’

राष्ट्रिय राजनीतिका बारेमा केही नबोलेका उनले  स्थानीय, प्रदेश र  प्रतिनिधी सभा निर्वाचनमा आफूहरुले गरेका चुनावी घोषणाहरू पुरा गर्दै आएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप