२०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक, वर्षभर कहिले–कहिले बिदा ? (सूचीसहित)
सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयका अनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय भएको हो । मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व एवम सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ ।
नयाँ वर्षको दिन वैशख १ गते, उभौलि पर्वको अवसरमा जेठ २ गते, रक्षा बन्धनको दिन साउन २७ गते, श्रीकृष्ण जन्माष्टमीको दिन भदौ ४ गते, घटनास्थपनाका दिन असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।
यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा मंसिर २२ गते, क्रिसमय डेको दिन पुस १० गते, माघीको दिन माघ १ गते, सोनाम लोसार माघ ८ गते, महाशिवरात्रि फागुन ६ गते, ग्याल्पो लोसार फागुन ९ गते, बकर इदका दिन, होलिका दिन फागुन २२ गते पहाडी जिल्ला र तराईमा फागुन २३ गते सार्वजनिक बिदा हुनेछ ।
यसबाहेक क्षेत्र विशेषका लागि गाईजात्रा (देशभरका नेवार समूदाय), गौरा पर्व, मोहम्मद जयन्ती सिरुवा पावनीको अवसरमा पनि बिदा हुनेछ । यसैगरी महिला कर्मचारीका लागि तीजको दिन, जितिया पर्वको बिदा हुनेछ भने बसन्त पञ्चमीको दिन माघ १२ गते शिक्षण संस्था बिदा हुनेछ ।
यसैगरी उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्येन्द्रनाथको रथ देखाउने जात्रा र घोडेजात्राको दिन बिदा हुनेछ भने दशैँ बिदा असोज १६ देखि २१ गते र तिहार बिदा कात्तिक ७ र ८ , ९ र १० गते हुनेछ ।
यस्तै दिवस बिदाको रुपमा मजदुर दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र महिला दिवसका दिन सार्वजनिक बिदा दिइने छ भने जन्यजयन्तीको रुपमा बुद्ध जयन्ती, फाल्गुनान्द जयन्ती, गुरु नानक जयन्तीका अवसरमा पनि सार्वजनिक बिदा दिइनेछ ।
यसैगरी बैशाख १ देखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजे सम्म खुल्नेछ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म खुल्नेछ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण