बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार, २७ फागुन २०७८, १३ : २७
शुक्रबार, २७ फागुन २०७८

मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् । 

शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले फोहोरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनिकरण गर्न सम्वद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी गराए । मन्त्रीपरिषदको बैठकले फोहोर विसर्जनबाट पर्ने प्रभाव रोक्न स्थानीय जनप्रतिनिधि सहभागी भएको उच्च स्तरीय समिति बनाउने निर्णय गरेको छ । 

साथै कुनै समस्या आएमा समाधानका लागि ‘ऱ्यापिड  रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ । यस्तै, नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी सुर्खेलाई नियुक्त गर्ने निर्णय भएको छ । बंगलादेशको राजधानी ढाकामा आगामी मार्च ८ देखि ११ सम्म हुने एसियाड सम्मेलनमा सहभागी हुनका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय भएको छ । साथै मन्त्रिपरिषद्को बैठकले आगामी चैत १४ गते अमेरिकाको राजधानी न्यूयोर्कमा हुने कार्यक्रमका लागि सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप