हाइब्रिड धानबाट भएको क्षतिपूर्ति दिन किसानको माग
डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । उनले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निकम्माको पराकाष्ठा भएको उनले दाबी गरे ।
महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेको छ । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको किसानले गुनासो गरेका छन् । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरूमा ताला लगाउने किसानहरुले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण