मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हाइब्रिड धानबाट भएको क्षतिपूर्ति दिन किसानको माग

शुक्रबार, २७ फागुन २०७८, १६ : ४०
शुक्रबार, २७ फागुन २०७८

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । उनले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निकम्माको पराकाष्ठा भएको उनले दाबी गरे । 

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेको छ । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको किसानले गुनासो गरेका छन् । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरूमा ताला लगाउने किसानहरुले चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप