घोडाघोडी ताल संरक्षणको दायित्व सबैको : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोडाघोडी ताल संरक्षणको दायित्व सबैको भएको बताएका छन् । कैलालीको घोडाघोडीमा आज आयोजित घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा कार्यक्रममा उनले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी सबैले संरक्षण गर्न आवश्यक रहेको बताए ।
उनले घोषणा गरेरमात्रै नहुने भन्दै विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारलाई संरक्षण गर्न सबैको दायित्व रहेको बताए । घोडाघोडी धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र भएकोले यसको ऐतिहासिकता बचाउने गरी संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणाले चराको संरक्षण र पर्यटन विकासमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । घोडाघोडी नगरपालिका मातहतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी तालसहितको घोडाघोडी सिमसार क्षेत्रलाई बर्ड सेन्चुरी घोषणा गरेको हो ।
प्रदेश सरकारको कानूनलाई टेकेर बर्ड सेन्चुरी घोषणा गरिएको जनाइएको छ । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुङ्गी पाइने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय