नेशनल लाइफको साधारणसभा : १९ प्रतिशत बोनस र नगद लाभांश पारित
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंह अध्यक्षतामा कम्पनीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बापतको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभा‌श पारित गरेको छ ।
सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेपनि प्रतिष्पर्धात्मक बजार एवम्‌ नियामकीय प्रयासहरू साथै बीमितको आवश्यकताअनुसार उच्च गुणस्तरीय बीमा योजनाहरूले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन्‌ । नेपालको बीमा बजारमा आउने दिनहरूमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरूको बढी माग हुने आकलन गर्दै आर्थिक समावेशी एवम्‌ वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासहरू साथै बढ्दो घरेलु वचत एवम्‌ प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको उनले उल्लेख गरिन्‌ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा सबै वित्तीय सूचाङ्कहरू उत्साहप्रद रहेको जनाएको छ । कूल बीमाशुल्क १५.१२ प्रतिशतले वृद्धि भई ९२६.७४ करोड पुगेको, जीवन बीमा कोष २४.२९ प्रतिशतले वृद्धि भई ३३ अर्ब ४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले वृद्धि भई ३१ अर्ब ८५ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको हो । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको बोनससमेत गरी कूल पूँजी ४ अर्ब ३ करोड रुपैयाँ नाघेको जनाएको छ ।
कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार फ्युचर बोनस प्रोभिजनिङमा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरूलाई पूर्व वर्ष सरह बोनसदर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरूमा समेत बीमितहरूलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्ष सिंहले प्रतिबद्धता जनाइन्‌ ।
३३औं वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ वर्गबाट ३ जना (प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली) संचालकमा निर्वाचित भएका छन्‌ । सर्वसाधारण ‘ख’ वर्गबाट २ जना (भवानी राणा र कुलदीप शरण सिंह) निर्वाचित भएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण