शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाको मसिनेचौर विमानस्थललाई “प्लटिङ” गर्न माग

सोमबार, १२ असार २०७४, १० : ४०
सोमबार, १२ असार २०७४

रामचन्द्र न्यौपाने

डोल्पा – डोल्पामा हवाई यातायातको जुफाल विमानस्थल पछिको अर्को विकल्पको रुपमा रहेको मसिनेचौर विमानस्थललाई डोल्पालीले ‘प्लटिङ’ गर्न दिन माग गरेकाछन् ।


जुफाल विमानस्थल अवरुद्ध हँुदा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने डोल्पालीको माग छ । तर स्तरोन्नतिका लागि जुफाल विमानस्थल अवरुद्ध हुँदा समेत डोल्पामा हवाई यातायातको अर्को विकल्पको रुपमा मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै उनीहरुको आक्रोस व्यक्त गरेका छन् ।


राज्यको करोडौँ लगानी भएर निर्माण सम्पन्न भईसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन राज्यले व्यवास्ता गरेपछि डोल्पालीले ठूलो क्षेत्रफलमा रहेको जमिन खाली राख्नुभन्दा प्लटिङ गरेर अन्नबाली लगाउनुका साथै गौचरनको रुपमा परिणत गर्न पाउनुपर्ने उनिहरुले माग गरेका हुन् ।


त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पहाडमा पर्ने उक्त विमानस्थल निर्माण कार्य सम्पन्न भएर केही बर्ष अगाडी परिक्षण उडान समेत सफल भएपछि एक बर्षसम्म डोल्पालीले नियमित हवाई सुविधा पाएपनि अहिले मसिनेचौर विमानस्थल आझेलमा परेकोमा डोल्पालीले दुःख व्यक्त गरे ।


जुफाल विमानस्थल बन्द हुँदा पनि दुर्गमका जनतालाई आकस्मिक हवाई सेवा दिनको लागि दुई वटा विमानस्थल भएपनि समस्या पर्दा डोल्पालीलाई कुनै पनि विमानस्थल काम लाग्न नसकेको भन्दै उनीहरुको आक्रोस छ ।


“दुईवटै विमानस्थल सञ्चालनमा नभएपछि अहिले उपचारको लागि जिल्ला बाहिर लैजानुुपर्ने गम्भिर प्रकार विरामीहरु समेत समस्यामा परेका छन् । अन्य काम विशेषले जिल्ला बाहिर जान ठूलो समस्या भएको छ” त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय पूर्ण बहादुर बिष्टले भने ।


“जुफल विमानस्थल स्तरउन्नतीको लागि असार १ गते बन्द भएको छ । उक्त विमानस्थलमा काम सम्पन्न नहुन्जेल अर्को मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन पाएतापनि अहिले सम्म सञ्चालनमा  आएको छैन,” त्रिपुरा सुन्दरी नगरपालिका स्थानीय लोकेश खत्रीले भने, ‘कि त मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन नागरिक उड्डयन प्राधिकरणले कदम चाल्नु प¥यो होईन भने डोल्पा जस्तो खाद्यान्न अभाव हुने ठाउँमा विमानस्थलमा प्लटिङ गरेर अन्नबाली लगाउन अनुमति दिनुप¥यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप