‘कंक्रिटको जंगल’मा वसन्तको बहार (तस्बिरहरु)
सोमबार, ३० फागुन २०७८, १६ : २९
काठमाडौं उपत्यकाका विभिन्न सडक किनार यतिबेला मोहक देखिएका छन् । सडक किनारमा रहेका विभिन्न फूल फूलेर बटुवालाई मुग्ध तुल्याएका छन् । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको सुन्तरता बढ्ने गर्दछ । यो समय रुखहरुले पालुवा फेर्ने र विभिन्न फूल फूल्ने समय हो । काठमाडौंका विभिन्न सडक किनारमा चेरी, आरुका रुख ढकमक्क फूलेका छन् ।

सडक किनारमा बढेको प्राकृतिक सौन्दर्यलाई कयौं बटुवाले आफ्नो मोबाइल क्यामेरामा कैद गर्ने तथा सेल्फी लिनेसमेत गरेका छन् । ‘कंक्रिटको जंगल’ उपनाम पाएको काठमाडौं उपत्यकामा पछिल्लो समय हरियाली बढाउन प्रयास भए पनि सार्थक भइसकेको छैन ।

सडक किनारमा रुखबिरुवा हुर्काउनु वातावरणीय दृष्टिकोणबाट मात्र नभएर सहरको सौन्दर्यताका लागि समेत प्रभावकारी हुने तथ्यलाई यतिबेला विभिन्न सडक छेउ देखिएको मोहक वातावरणले नै पुष्टि गर्दछ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण