बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गलत तरिकाले लिपस्टिक लगाउँदा देखिन्छ उमेरदार, जवान देखिन लगाउनुहोस् यो शेड

मङ्गलबार, ०१ चैत २०७८, ११ : ५९
मङ्गलबार, ०१ चैत २०७८

लिपस्टिक हरेक महिलाको मेकअप बक्समा हुन्छ र हरेक महिलाका आफ्नो रुचीका शेड्स हुन्छन् जसलाई उनीहरुले बारम्बार लगाउने गर्छन् । तर पिंक एउटा यस्तो शेड हो जसलाई हरेक महिलाले रुचाउँछन् । पिंक निकै राम्रो कलर हो तर तपाईंको स्किन टोनमा पिंकको कुन शेड राम्रो देखिन्छ, यसबारे भारतका ब्युटी एक्सपर्ट रितेश वर्माले जानकारी दिएका छन् ।

लिपस्टिकको पनि कुनै सही शेड हुन्छ र ?

धेरैजसो महिला र युवती लिपस्टिकका यस्ता शेड्स छान्छन् जसलाई उनीहरु थुप्रै मौकामा प्रयोग गर्न सकून् । राम्रा लिपस्टिक महँगो हुन्छन् त्यसैले महिलाले खासै धेरै शेड्स किनेका हुँदैनन् । यदि तपाईं पनि लिपस्टिकको सही शेड छान्न अलमलमा पर्नु भएको छ भने पिंक कलर तपाईंका लागि उत्कृष्ट हुनछ । पिंक एउटा यस्तो शेड हो जुन हरेक स्किन टोनमा राम्रो देखिन्छ । तपाईंले आफ्नो स्किन टोन अनुसार सही शेड भने छान्नुपर्छ ।

स्किन टोनको हिसाबले यसरी छान्नुहोस् उत्कृष्ट पिंक शेडः

डार्क स्किन टोनका लागिः

स्किन टोन डार्क हुनेहरुका लागि पिंकको डार्क शेड नै राम्रो देखिन्छ । यदि तपाईंको स्किन टोन डार्क छ भने पिंक अक लाइट शेड प्रयोग गर्नबाट जोगिनुहोस् । डार्क टोन भएकाहरुका लागि पिंक शेड बेस्ट हुन्छ चाहे त्यो म्याट होस् वा ग्लसी लिपस्टिक । क्यान्डी फ्लस पिंक, सोफेस्टिकेटेड मव, मजेन्टा, पल्म रोज, बेरी, रोज पिंक, फुशिया, हट पिंक जस्ता शेड्स डार्क स्किन टोन हुनेहरुमा राम्रो देखिन्छ ।

गहुँगोरो वर्णका लागिः

गहुँगोरो वर्ण भएकाहरुलाई जवान र फ्रेश लुक चाहिएको छ भने कोरल, न्यूड, फुशिया, प्लम, डिप लीली, वाटरमेलन पिंक शेड प्रयोग गर्न सक्छन् ।

गोरो वर्णका लागिः

यस्तो स्किन टोनमा पिंकको डार्क र लाइट दुबै प्रकारको शेड राम्रो देखिन्छ । यदि दिउँसो बाहिर जाँदै हुनुहुन्छ भने बेबी पिंक, पिच, रोज पिंक कलरको लिपस्टिक लगाउन सक्नुहुन्छ । यदि नाइट पार्टी वा कार्यक्रममा भाग लिन जाँदै हुनुहुन्छ भने फुशिया, मजेन्टा र प्लम शेड्स ट्राइ गर्न सक्नुहुन्छ ।

मेकअप किटमा किन आवश्यक छ पिंक कलरको लिपस्टिक ?

पिंक कलरको लिपस्टिक हरेक मौकाका लागि उत्कृष्ट मानिन्छ । अन्य रङको लिपस्टिक जस्तै पिंक लिपस्टिक प्रयोग गर्नका लागि विशेष कार्यक्रमको प्रतीक्षा गर्न आवश्यक छैन । पिंक कलरले जिन्दगीको जोश र उत्साहलाई दर्साउँछ । जवान र फ्रेश देखिनका लागि तपाईं हरेक दिन पिंक कलरको लिपस्टिक लगाउन सक्नुहुनेछ । किशोरीबीच पिंकका सबै शेड्स निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप