सातामा २८ सयले घट्यो सुनको मूल्य
शनिबार, ०५ चैत २०७८, १३ : २५
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारदेखि हिजो (शुक्रबार) सम्ममा उक्त मूल्य घटेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ छ । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा २ हजार ८०० रुपैयाँले घटेर ९९ हजार ८०० रुपैयाँमा आइपुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ८०० रुपैयाँले नै घटेर ९९ हजार ३०० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ८५ रुपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण