दुर्घटनामा परेका दुईजना न्यायाधीश भेन्टिलेटरमा
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा दुर्घटनामा परेर घाइते भएका सिराहा जिल्ला अदालतका न्यायाधीशको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । आइतबार दिउँसो काठमाडौंबाट सिराहा जाँदै गरेका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया चढेको गाडी दुर्घटना भएको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको वींगर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना पछि दुवैजना न्यायाधीशलाई जनकपुरस्थित काव्या अस्पतालमा राखेर उपचार गरियो ।
मध्यान्ह ३ बजे न्यायाधीश उप्रेती र ५ बजे थपलियालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । दुवैजनाको अहिले मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ओभरेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो । वींगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारको स्थायी संरचना बनाउने प्रक्रिया साढे २ वर्षदेखि ठप्प
-
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने