गृहमन्त्री आउने भएपछि सप्तरीमा सडक मर्मत गरिँदै
बिहीबार, १० चैत २०७८, १४ : ४६
गृहमन्त्री बालकृष्ण खाण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलको उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सम्पन्न हुन नसकेको सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।
बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल,वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका-१ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।
यही बाटोबाट प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले सडक मर्मत गर्ने कार्य हतारमा गरिँदैछ, स्थानीय उमेश साहले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण