भारत लैजान लागेको हात्ती वीरगञ्जबाट नियन्त्रणमा
आइतबार, १३ चैत २०७८, १२ : १९
नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।
हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।
बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हात्ती सहित उनिहरुलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण