राप्रपा मकवानपुर अध्यक्ष सापकोटा लगायतका नेताहरुले कमल थापालाई साथ दिने
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटा लगायत नेता कार्यकर्ताहरूले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन् । मंगलबार राप्रपा मकवानपुरका अध्यक्ष सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टी भित्र पछिल्लो समय सैद्धान्तिक विचलन आएको ,पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच,चिन्तन र संकिर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ ।
विज्ञप्तिमा नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको मकवानपुरको समग्र आर्थिक विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान रहेको समेत उल्लेख गरिएको छ। विज्ञप्तिमा थापालाई राजनैतिक अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।
विज्ञप्तिमा ७८ जना नेताहरुको नाम रहेको छ । जिल्ला कार्य समितिका पदाधिकारी सदस्य, संघीय अध्यक्ष ,प्रदेश अध्यक्ष , नगर र गाउँ पालिकाका अध्यक्षहरू तथा जनवर्गीय संगठनका प्रमुखहरुको नाम उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण