लखनउको पहिलो जित, चेन्नई पराजित
लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।
बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर २११ रन बनायो । लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय पारी खेले ।
इभिन लेविसले अविजित ५५ रन जोड्दा कप्तान केएल राहुलले ४० रन जोडे । बलिङतर्फ चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।
चेन्नईका लागि रोबिन उथप्पाले ५० रनको अर्धशतकीय पारी खेले । शिबम डुबेले ४९ रन जोडे । बलिङतर्फ लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले २/२ विकेट लिए । जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । यता चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण